२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एअरलाइन्सद्वारा बेइजिङका लागि साप्ताहिक उडान सुचारु



अ+ अ-

काठमाडौं । नेपाल–चीन संयुक्त कम्पनी हिमालय एअरलाइन्सले जनवरी १७, २०२३ मा बेइजिङका लागि उडान पुनः सुचारु गरेको छ ।

यस अघि सन् २०२० मा कोभिड–१९ को महामारीका बीच काठमाडौं–बेइजिङ उडान स्थगित गरिएको थियो जुन अहिले यात्रा स्थगित भएको उडान जनवरी ८, २०२३ मा चीनद्वारा प्रतिबन्ध हटाइए पछि पुनः सुरु भएको छ । हिमालय एयरलाइन्सले फेब्रुअरीबाट साप्ताहिक सेवा सुरु गरी बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलसँग पुनः जोडिने योजना बनाएको छ ।

एअरलाइन्स्को पहिलो उडान, एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानिय समय अनुसार बिहानको १० बजेर ४१ मिनेटमा प्रस्थान गरेको थियो र बेइजिङ ड्सक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बेलुका ५ बजेर ४ मिनेटमा अवतरण गरेको थियो। उडानको अवधि ३ घण्टा ४८ मिनेटको रहेको थियो र बेइजिङबाट फर्कने उडान एच नाइन ६६६, स्थानिय समय अनुसार बेलुकाको छ बजेर ५ मिनेट मा प्रस्थान गर्ने तालिका थियो जुन राती ९ बजेर ५६ मिनेटमा काठमाडौंमा अवतरण गराइएको थियो।

“चिनियाँ नयाँ वर्षको बिदाको सिजन नजिकिँदै गर्दा, चीन र नेपालका राजधानीहरू बीच सिधा उडानहरू पुनः सुचारु गर्न हाम्रा लागि उत्तेजक छ । यस सन्दर्भमा हामी चीनबाट नेपाल आउने यात्रुहरूलाई अझ बढी सेवा प्रदान गर्ने र त्यसको साथै पर्यटन र व्यापारमा टेवा पुर्याउने कुरामा आशावादी छौं । हामी यो कनेक्टिभिटी पुनः स्थापना गर्न पाउँदा धेरै खुसी छौं र बढ्दो फ्रिक्वेन्सीको साथ हाम्रा यात्रुहरूलाई सेवाअ प्रदान गर्न तत्पर छौं ।” प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले बताउनुभयो ।

राउन्ड ट्रिपका लागि करिब २ घण्टा उडान समय घटेको कारण हिमालय एअरलाइन्स् ट्रान्स हिमालयन रुटबाट ल्हासा हुँदै नेपाललाई उत्तरी चीनसँग सीधा जोड्ने नेपालमा स्थित पहिलो वायुसेवा कम्पनी समेत हो ।