११ माघ २०८१, शुक्रबार
,
Latest
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती सांसद सुमना श्रेष्ठ वीरगन्ज–काठमाडौं यात्रामा, भन्छिन्– के यो देश कहिले पनि नबनाउने हो ? सिद्धबाबा सुरुङमार्गको आज प्रधानमन्त्रीले ब्रेक थ्रू गर्दै अर्थतन्त्रमा केही सूधारका संकेत: घटेको ब्याजदरले गर्दा व्यवसाय जगतमा राहत प्रेस चौतारी नेपाल डडेल्धुराकाे अध्यक्षमा लक्ष्मीकुमारी ऐर प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई सर्वसम्मत तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो काठमाडौँ उपत्यकाको तापक्रम क्रमश: बढ्दो चिया बेचेरै मासिक ५० हजार आम्दानी एक चीन नीतिको सिद्धान्तलाई पालना गर्न नेपाल प्रतिबद्ध: सभामुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्म गाउँ रुपामा पाइलट केसीको सालिक निर्माण गरिने



अ+ अ-

पोखरा । पोखराको सेती खोँचमा आइतबार बिहान जहाज दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधनप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।

कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मङ्गलबार केसीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेका हुन् । रुपा गाउँपालिका–३ स्थायी निवासी बुबा वीरेन्द्र केसी र आमा मीना केसीका जेष्ठ सुपुत्र ५९ वर्षीय क्याप्टेन कमल केसीको निधनले गाउँनै शोकमा डुबेको अध्यक्ष ओझाले बताए ।

अमेरिकाबाट पाइलट विषयमा अध्ययन गरी विसं २०४६ मा नोपल वायुसेवाबाट करियर सुरु गरी भारतको बैङ्गलोरस्थित इन्डियन एयरलाइन्स र पछिल्लो समय यती एयरलायन्समा आबद्ध क्याप्टेन केसीलेको निधनले रुपमा गाउँपालिकालाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।

केसीलाई रुपा गाउँपालिकाको चौथो स्थापना दिवसको अवसरमा रुपा रत्न सम्मान २०७८ बाट समेत सम्मान गरिएको जानकारी अध्यक्ष ओझाले दिए । मंगलबार गाउँपालिकाको बैठकले साँझ रुपा गाउँपालिकाका सबै वडा कार्यालयमा ७२ वटा दीप प्रज्वलन गरी राष्ट्रिय झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको थियो ।

साथै बैठकले केसीको नाममा अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाजमा दुर्घटना भएका ७२ जनाको नाम लेखिने निर्णय गरेको छ ।

साथै बैठकले पाइलट केसीका बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गराउने निर्णयसमेत गरेको छ । रासस