२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलाइन्सको काठमाडौँ–बेइजिङ उडान सुरु



अ+ अ-

काठमाडौ । हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ ।

उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा उक्त विमान काठमाडौँबाट उडेको र बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपालको काठमाडौँ र बेइजिङलाई सीधा जोड्ने यो पहिलो उडान भएको छ ।

चीनको राजधानी बेइजिङमा झण्डै तीन वर्षपछि विदेशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेका छन् ।  राजधानीको नयाँ विमानस्थल बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले हप्तामा एक पटक उडान भर्ने भएको छ । चीनले कोभिड–१९ महामारीपछि सन् २०२० को मार्च १ देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

अब चीनको चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, बेइजिङ क्यापिटल एयरलाइन्ससँगै हिमालय एयरलाइन्सले पनि उडान सुरु गरेको हो । तीमध्ये हिमालयले हाललाई साताको एक पटक काठमाडौँबाट उक्त विमानस्थलमा उडान भर्ने र चाइना साउर्दनले हङकङमा साताको तीन उडान गर्ने बताइएको छ । अब ती उडानबाट बेइजिङ हुँदै हवाई यात्रु युरोप, अमेरिका, एसिया र अष्ट्रेलियाका विभिन्न मुलुुकमा जानसक्ने छन् ।

त्यसको निम्ति चीनले एक सय ४४ घण्टाको भीसा फ्रि नीति पनि सार्वजनिक गरेको जनाइएको छ । उक्त अवधिको सो नीति बेइजिङ, थ्येन्चिन र हपेइ क्षेत्रमा लागू हुनेछ । बेइजिङको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को अक्टोबर २७ का दिन उडानको निम्ति खुला गरिएको थियो तर कोभिड–१९ महामारीका कारण पाँच महिनापछि नै बन्द भएको थियो ।




भर्खरै