२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा



अ+ अ-

चितवन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उहाँले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो ।

चितवनमा निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्री श्रेष्ठले सोमबार साँझ सडक डिभिजन कार्यालयको निरीक्षण गर्नुभएको थियो ।

उहाँले यहाँ सञ्चालित आयोजना छिटोभन्दा छिटो मापदण्ड पालना गरी गुणस्तरसहित सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिनुभयो । चितवन देशकै केन्द्र भागमा पर्ने भएकाले यहाँबाट विकास निर्माणलाई तीव्रगतिमा अघि बढाउन उहाँले निर्देशन दिनुभयो । उहाँले देशभरका योजना समयै सम्पन्न गराउन अनुगमन र निरीक्षणलाई आफूले तीव्र बनाइने बताउनुभयो ।

उपप्रधमन्त्री श्रेष्ठले आज जिल्लाका विभिन्न आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । रासस