२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमान दुर्घटनाः २४ शवको परीक्षण पोखरामा हुने



तस्बिरः रासस
अ+ अ-

पोखरा । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ व्यक्तिको शव परीक्षण पोखरामा हुनेभएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारीअनुसार ती शवको परीक्षण प्रक्रिया सुरू भइसकेको छ ।

बाँकी शवको परीक्षण भने काठमाडौँस्थित शिक्षण अस्पतालमा हुने जनाइको छ । यहाँ शव परीक्षण हुन नसकेका शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव परीक्षणका लागि काठमाडौँ लैजाने तयारी भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाडौँदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ ।

पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनामा ६९ को शव फेला परेको छ । तीन यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ । पोखरामा शव परीक्षण हुनेहरूको नामहरु त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रसिद्धि पौडेल रहेको छ ।

त्यस्तै जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङको शव परीक्षण पनि पोखरामा हुनेछ । रासस