१८ भाद्र २०८३, बिहीबार
,
Latest
चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालय रास्वपाले पाउने, खेलकुदमा माओवादीको दाबी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनवटा मन्त्रालय पाउने भएको छ । रास्वपाबाट पार्टी अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बनिसक्नुभएको छ । अब रास्वपाको भागमा दुई मन्त्रालय परेको बताइएको छ ।

बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालय भागबन्डा करिब टुंगिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले ओलीसँगको भेटपछि आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको थियो ।

सहमति अनुसार ८ सांसद बराबर एक मन्त्री हुनेछन् । रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने पक्का भएको समाचार छ । युवा तथा खेलकुद मन्त्रालय रास्वपाले पाउने कुरा भए पनि नेकपा (माओवादी केन्द्र) ले पनि सो मन्त्रालयमा दाबी गरिरहेको छ ।

सुरुमा रास्वपाले गृह, शिक्षा, स्वास्थ्य र पर्यटन मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो । शीर्ष नेताहरु तीन मन्त्री र एक राज्यमन्त्री निद सहमत भएका थिए । तर सरकारमा सहभागी हुने दलहरु बढेपछि रास्वपाको एक राज्यमन्त्री घटेको छ ।