२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले टोटेनहमलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । गएराति भएको ‘नर्थ लण्डन डर्बी’मा टोटेनहमलाई आर्सनलले उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

खेलको १४ औं मिनेटमा आर्सनलका बुकायो साकाले प्रहार गरेको बल टोटेनहमका गोलकिपर ह्युगो लोरिसलाई लागेर गोल हुन पुग्यो । यस्तै खेलको ३६ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । उनलाई बुकायो साकाले पास उपलब्ध गराए । ओडेगार्डले डी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

दोस्रो हाफमा भने दुबै पक्षबाट कुनै गोल हुन सकेन । जितसँगै आर्सनलले दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग आठ अंकको अग्रता बनाएको छ । शीर्षस्थानमा कायम रहेको आर्सनलको १८ खेलबाट ४७ अंक छ । पराजित टोटेनहम १९ खेलमा ३३ अंकसहित पाँचौं स्थानमा रहेको छ ।