८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो

नुवाकोटमा आज ४८ हल गोरु जुधाइँदै

नुवाकोटमा आज ४८ हल गोरु जुधाइँदै
अ+ अ-

काठमाडौँ । माघे संक्रान्तिको अवसरमा आज नुवाकोटको विभिन्न स्थानहरूमो गोरु जुधाई मेला हुँदैछ । नुवाकोटको तारुकालगायत विभिन्न स्थानमा ४८ हल गोरु जुध्ने भएका हुन् । विजेताहलाई ५० हजार रुपैयाँसम्म नगद पुरस्कार राखिएको छ ।

गोरु जुधाई मेलाको लागि गोरु दर्ता गराउने काम सकिएसँगै हल गोरु ठूला जुरो बनाउँदै मैदानमा उत्रिएका छन्। आइतबार नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिकालगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता गरिँदै छ ।

अन्य स्थानको भन्दा नुवाकोटको तारुका, चन्दनीको गोरु जुधाई मेला विशेष र चर्चित रहेको छ । यस पटक तारुकमा गोरु जुधाई महोत्सव र बेत्रावतीको गोरु जुधाईलाई मेलालाई आयोजकहरूले विशेष रुपमा आयोजना गरिएको जनाएका छन् ।

अघिल्ला वर्षजस्तै यस वर्ष आगामी माघ १ गतेसहित माघ २ गतेसमेत गोरु जुधाउन लागिएको छ । यस वर्ष गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको छ । गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत संलग्न गराइने भएकाले यस वर्ष दुई दिन गोरु जुधाउन लागिएको हो ।

माघे सङ्क्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शीर्षकमा गोरुधनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बूढापाका बताउँछन् ।

त्यसलाई हरेक वर्ष माघेसङ्क्रान्तिको दिन निरन्तरता दिँदै आएकाले तारुकाको गोरु जुधाइको इतिहास झण्डै दुई सय वर्ष अगाडिदेखिलाई संरक्षण गरिएको हो । किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर व्यवस्थित भने विसं २०६२ देखि समितिमार्फत नेतृत्व लिइएको हो ।

गोरु जुधाउन आधुनिकता भित्रन नदिइ मौलिकपन कायम राखेर परम्पराको निरन्तरता, माघेसङ्क्रान्तिको अवसर जुधाइने भएकाले संस्कृतिको संरक्षणमा समेत निरन्तरता दिइएको छ ।किसानले गोरु जोत्न छाडेर ट्र्याक्टरको प्रयोगले गाउँमा गोरु देख्न छाडिसके । तर जुधाउनलाई भनेर तारुका (तारकेश्वर)का किसानले जुरो पलाउने स्थानीय जातका गोरु पाल्ने, त्यसलाई खुराक खुवाएर प्रतिस्पर्धा गराउने, बारीको खुला पाटोमा हजारौँ दर्शकको बीचमा गोरु जुधाइको चलनलाई जोगाउँदै आइरहेको स्थानीय ९० वर्षीय झमबहादुर प्रधानले बताए ।

“ट्र्याक्टर प्रयोग गर्नेलाई अनुदान दिइन्छ । गोरु पाल्ने किसानलाई केही छैन ?”, प्रधानले गुनासो गरे, “तारुको गोरु जुधाइ बचाउन हामी किसानले आधापेट खाएर भए पनि खुराक खुवाएर पालिएका गोरुलाई जुधाएर परम्परा जोगाएका छौँ ।”

तारुकाको गोरु जुधाइको महत्व विशेष छ । यहाँको गोरु जुधाइ स्पेनको बुलफाइटभन्दा बढी रोचक हुने हुदाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्राथमिकतामा पर्दछ । तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीस्थित कटहरबोट पाटोमा पुग्न काठमाडौँबाट ६० किलोमिटर दूरी छ ।

काठमाडौँबाट धादिङको गल्छीसम्म (पृथ्वी राजमार्ग) ४८ किमी, गल्छीबाट बेलकोटगढी–७ रातमाटेसम्म छ किमी सडक व्यवस्थित कालोपत्र सडक छ । तारकेश्वर वडा नं ३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठको अनुसार रातमाटेस्थित त्रिशूली नदीमा निर्माण गरिएको पक्की पुल केही समयअघिदेखि सञ्चालनमा ल्याइएको छ । रातमाटेको पक्की पुल तरेर तारुका पुग्न थप छ किमी कच्ची बाटोको दूरी यात्रा गर्नुपर्दछ ।

धादिङबेँसीबाट दाङसिंह हुँदै आउन पनि सकिन्छ भने सबैभन्दा सहज ‘गल्छी–रातमाटे–तारुका’ १२ किमी दूरीको सडकमार्गबाट गोरु जुधाइ हेर्न चन्दनीस्थित कटहरबोट पाटोमा पुग्न सकिन्छ ।