१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

नेपाल युएईसँग पराजित

नेपाल युएईसँग पराजित
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । ‘आईसीसी क्रिकेट विश्वकप लिग टु’को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल युएईसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको हो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन जोडे । ६० बल खेलेका उनले ४ चौका प्रहार गरे । यस्तै, ज्ञानेन्द्र मल्लले ६२ बलमा २८ रन जोड्दा कुशल भुर्तेलले १५ बलमा ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

युएईका लागि वसिल हमिदले ४, जुनेद सिद्धीकीले ३ तथा जाहुर खान र रोहन मुस्ताफाले एक–एक विकेट लिए । त्यसअघि पहिले टस जितेर ब्याटिङ रोजेको युएईले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो । 

युएईका लागि रिजवान सिपी र रोहण मुस्थाफाले ४०/४० रनको योगदान दिए । यस्तै मोहमद वसिमले २१, कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमद राजाले १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिए । त्यस्तै करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी र सागर ढकालले एक-एक विकेट लिए । 

अब नेपालले तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार खेल्नेछ भने अन्तिम खेल पीएनजीविरुद्ध मंगलबार खेल्नेछ ।लिग टु मा कुल ७ टिम सहभागि छन् ।१० खेलमा १० अंक जोड्दै नेपाल छैटौं स्थानमा रहेको छ भने यूएई १६ खेलमा ९ जितसहित २० अंकका साथ दोस्रो स्थानमा छ ।