२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरौटीमा छुटे सन्दीप लामिछाने-फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर सन्दीप केन्द्रीय कारागारबाट रिहा भएका हुन् ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरेपनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । जिल्ला अदालतको उक्त आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो ।

लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार अब उनले बाहिर बसेर मुद्दाका बाँकी प्रक्रिया पूरा गर्नेछन् । लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ । साथै पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टीकाटिप्पणी गर्न निषेध गरेको छ ।

यस्तै उच्च अदालतले पीडितको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न पनि लामिछानेमाथि बन्देज लगाएको छ । लामिछानेलाई उपत्यका छाड्नसमेत रोक लगाइएको छ ।

किशोरी बलात्कार गरेको आरोपमा सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।