४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित



अ+ अ-

बिराटनगर । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभामुखमा एकल उम्मेदवारी परेका गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दल दुबैको समर्थन रहेको थियो ।

संसद् सचिवालयका अनुसार गौतमले आजै १ बजे शपथ ग्रहण गर्नेछन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका गौतम ओखलढुङ्गाको प्रदेशसभा १(२) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।