२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका राजदूतकी छोरी पाकिस्तानमा अपहरित



अ+ अ-

एजेन्सी । पाकिस्तानका लागि अफगानी राजदूतकी छोरीलाई हमलाकारीले अपहरण गरेर घाइते बनाइदिएको अधिकारीहरूले बताएका छन्।  

पाकिस्तानी राजधानी इस्लामावादमा सिलसिला अलिखिल शुक्रवार केही घण्टा अपहरणकारीको कब्जामा परेकी थिइन्।  

अफगानिस्तानको विदेश मन्त्रालयले भनेको छ राजदूतकी छोरीलाई ुचरम यातनाु दिइएको थियो र उसले त्यसबारे असन्तुष्टी दायर गर्नेछ।  

दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावयुक्त छ।  पाकिस्तानी अधिकारीहरूका अनुसार बीसको  उमेरमा रहेकी सिलसिला अलिखिललाई उनी यात्रा गरिरहेकै कारमा प्रवेश गरेर आक्रमणकारीले पीटपाट गरेका थिए। 

अपहरणमुक्त भएपछि उनको एउटा अस्पतालमा उपचार गरिएको थियो।

په ډیری بښنی سره:
مجبور شوم چی د خپل لورکی سلسله علی خیل عکس دلته خپور کړم، چون په ټولنیزو شبکو کی د کوم بل چا عکس په غلطه نشر شوی، په داسی حال کی چی زه یی اصلأ نه پیژنم. مننه pic.twitter.com/Jjx2vQciKp

— Najibullah Alikhil (@NajibAlikhil) July 17, 2021

 

राजदूत नजिब अलिखिलले 'अमानवीय आक्रमण' को भत्सर्ना गर्दै अहिले उनकी छोरीको अवस्था 'ठीक हुँदै गएको' बताए।

अफगानी विदेश मन्त्रालयले आफ्नो 'गम्भीर चिन्ता' व्यक्त गर्दै पाकिस्तानलाई कुटनीतिज्ञ र उनका परिवारको सुरक्षा सुनिश्चित गर्न भनेको छ।

The kidnapping and torture of the daughter of Afghanistan's ambassador to Pakistan is unfortunate and condemnable. I call on the Government of Pakistan to investigate the atrocity and bring the perpetrators to justice.

— Hamid Karzai (@KarzaiH) July 17, 2021

राजदूतको सुरक्षा व्यवस्था कडा बनाइएको पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ। पाकिस्तानका आन्तरिक मन्त्री शेख रशिद अहमदले प्रधानमन्त्री इमरान खानले दोषीलाई तत्काल पक्राउन गर्न चाहेको बताएका छन्। अफगानिस्तानमा हिंसा बढिरहेका बेला  पछिल्ला हप्तामा दुई देशबीचको सम्बन्ध झन् बिग्रँदै गइरहेको छ। 

अफगान सरकारले पाकिस्तानले अफगानिस्तानभर विद्रोह गरिरहेका तालिबान लडाकुलाई सुरक्षित स्थान उपलब्ध गराएको आरोप लगाउँदै आएको छ। तालिबान लडाकुहरूले देशभरमा उसको नियन्त्रण बढाउँदै लगेको छ भने थुप्रै सीमा चौकीमा कब्जा जमाउँदै गएको छ।  

अमेरिकाले आफ्ना सुरक्षाकर्मी ११  सेप्टेम्बर अगावै अफगानिस्तानबाट फर्काउने भनेपछि अफगानिस्तानमा तालिबानी प्रभाव बढ्दै गएको छ।  अमेरिकाका अरू सहयोगी मुलुकहरू यूके लगायतले आफ्ना सबै सुरक्षाकर्मीलाई देश फर्काइसकेका छन्।  

पाकिस्तानले भने उसको भूमिबाट लडाकुहरूलाई आक्रमण गर्न दिएको भन्ने आरोप अफगानिस्तानमाथि लगाउने गरेको छ।