• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने



फाईल फोटो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।

लोसपाका सांसद शरत्सिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी (लोसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । लोसपाको प्रतिनिधिसभामा चार सांसद हुनुहुन्छ । प्रधानमन्त्री दाहालले केहीबेरपछि सुरु हुने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनुहुने कार्यसूची छ । रासस