२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेट



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श हुनुका साथै नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताबारे कुराकानी भएको थियो ।

सो अवसरमा राजदूत थम्पसनले नेपालको उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नुभएकामा श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।