२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेट



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श हुनुका साथै नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताबारे कुराकानी भएको थियो ।

सो अवसरमा राजदूत थम्पसनले नेपालको उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नुभएकामा श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।