![](https://newspolar.com/wp-content/uploads/2022/03/Samsad-Nepal-parliament-580f45463ca7d6-580f580b679b01.38658137.jpg)
काठमाडौँ । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । सोहि बैठकका लागि एजेण्डा तय गर्न आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशपतिसमेशर जबराले सर्वदलीय बैठक बोलाएका छन् ।
दिउँसो १ बजे बस्ने भनिएको बैठकमा पार्टीका सचेतक र संसदीय दलका प्रतिनिधिलाई बोलाइएको छ । बैठकको लागि स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ ।
बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल हुने बताइएको छ ।