२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुबिच भेट हुनासाथ सत्ता समिकरण नफेरिने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का शिर्ष नेताहरुको भेट हुनासाथ सत्ता समिकरण उलटफेर नहुने बताउनुभएको हो । उहाँले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुका बीचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताउनु भयो । उहाँले नेताहरु भेट हुनासाथ सत्ता समिकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरुलाई नजिकबाट नियाल्यौँ भने अहिले सिंगै राजनीति तरंगित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बीचमा संवाद हुँदा बित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला–ठूला ब्यानर न्युजहरु हामीले पढ्न पाउछौँ । मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुईजना नेताहरु बस्न बित्तिकै पुरै सत्ताको समिकरण उलटफेर हुने । सत्ताको समिकरण नै बदलिने त्यस्तो परिस्थितिका रुपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ । यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन । त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन । तरपनि राजनीतिक दलका नेताहरुका बीचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो ।’

सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउनुपर्नेमा सबै राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराउनु भयो ।