१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय
अ अ+ अ-

काठमाडौँ । ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गरिएसँगै त्यस क्षेत्रको अर्थतन्त्र चलायमान भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग पर्यटन बोर्डको संयुक्त आयोजनामा नयाँ वर्ष २०८१ का दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग २४सै घण्टा खुला रहने घोषणा गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न आचारसंहिता बनाइ कार्यान्वयनमा ल्याएको हो । कार्यान्वयनमा आएसँगै ठमेलभित्रका होटल, रेष्टुरेन्ट, क्लब, दोहोरी, कफी सप, बर्गर हाउस, मार्ट, किराना पसल, मदिरा पसल, फलफूल पसल २४ सै घण्टा खुल्न थालेका थिए ।

ठमेलमा फलफूल पसल सञ्चालन गर्दैै आउनुभएका राज जयसवाल रात्रिकालीन समयमा फलफूल र जुसको राम्रो व्यापार हुने बताउनुहुन्छ । “दिनको तुलनामा रातको समय दोब्बर बिक्री हुँदै आएको छ,” उहाँले भन्नुभयो । ठमेलमा मदिरा सञ्चालन गर्दै आउनुभएका राजेन्द्र श्रेष्ठले पनि आफ्नो आम्दानी विगतभन्दा दोब्बरले वृद्धि भएको बताउनुभयो । रातको समयमा भोक लागेका व्यक्ति होस् या चिया कफीको पारखी हुन् ठमेल र दरबारमार्गमा सहजै भोक र प्यास मेटाउन सक्ने व्यवसायी बताउँछन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा ठमेलको रात्रिकालीन व्यवसायले विस्तारै लय लिएको बताउनुहुन्छ । “सुरुको समयमा ठमेलमा व्यापार व्यवसाय गर्न निश्चित समय तोकिएको थियो, २४ सै घण्टा सञ्चालन भएसँगै व्यवसायी निर्धक्क भएर व्यवसाय गर्न पाएका छन्,” उहाँले भन्नुभयो ।

अध्यक्ष शर्माले अर्को सिजनमा ठमेलका अधिकाशं रात्रिकालीन सपिङ सेन्टरहरु खुल्ने र राती दुई बजेसम्म ठमेल ‘बिजनेश हब’का रुपमा चलायमान हुने बताउनुभयो । ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी तथा घरबेटी छन् । यस क्षेत्रले झण्डै एक लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसियशन नेपाल ९रेवान० का अध्यक्ष सङ्घर्ष विष्ट ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्नु सकारात्मक भएको बताउनुहुन्छ । “ठमेल र दरबारमार्गभित्रको अर्थतन्त्रलाई चलायमान बनाउन यस किसिमका गतिविधिले सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो । रेवानमा आवद्ध रेष्टुरेन्ट तथा बार अर्को पर्यटकीय सिजनबाट २४सै घण्टा सञ्चालन गर्ने अध्यक्ष विष्टको भनाइ छ । जिल्ला प्रशासनले ठमेल र दरबारमार्ग क्षेत्रलाई रात्रिकालीन समयमासमेत सुरक्षा व्यवस्था मजबुद बनाएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्र सञ्चालन गर्न तयार गरिएको विशेष सुरक्षा योजनाभित्र पर्यटक प्रहरीलाई व्यवस्थित र प्रभावकारी बनाइने उल्लेख छ । ठमेलभित्र व्यवसायी मात्रै नभइ स्थानीय बासिन्दाको पनि बसोबास भएकाले कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० बसन्त रजौरे ठमेल र दरबारमार्गको सुरक्षा अवस्थालाई मजबुद बनाइएको बताउनुहुन्छ । “रात्रिकालीन व्यवसायको सिलसिलामा हुनसक्ने आपराधिक गतिविधि रोक्न सादा पोशाकमा प्रहरी परिचालन गरेका छौँ,” उहाँले भन्नुभयो । रासस