२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय क्रिकेटर पन्तलाई हेलिकप्टरबाट मुम्बई लगिने



अ+ अ-

एजेन्सी । सडक दुर्घटनामा परी घाइते भएका भारतीय क्रिकेटर ऋषभ पन्तलाई आज देहरादुनबाट मुम्बई ल्याइँदै छ ।

बीसीसीआईको मेडिकल टोलीले मुम्बईमा उनको उपचार गर्नेछ । ३० डिसेम्बर २०२२ मा कार दुर्घटनामा घाइते भएपछि पन्तलाई रुड़कीको अस्पतालमा आकस्मिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा लगियो । त्यसयता उनी देहरादूनको अस्पतालमा भर्ना छन् ।

दुर्घटनामा पन्तको टाउको, घुँडा र खुट्टामा चोट लागेको छ । उनको घुँडाका चारमध्ये तीनवटा लिगामेन्ट च्यातिएको खुलासा भएको छ ।

यस्तो अवस्थामा अब बीसीसीआईको मेडिकल टोलीले उनलाई राम्रो उपचारका लागि देहरादूनबाट मुम्बई सार्ने निर्णय गरेको छ । पन्तलाई आईसीयूबाट बाहिर ल्याएर अस्पतालको निजी वार्डमा उपचार भइरहेको छ ।

भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्त गत शुक्रबार बिहान सडक दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार उनी निदाएका कारण दुर्घटना भएको हो । उनको मर्सिडीज नियन्त्रण बाहिर गएर डिभाइडरमा ठोक्किएपछि आगो लागेर पल्टिएको थियो । दुर्घटनापछि पन्त जलेको गाडीको झ्याल फुटाएर एक्लै बाहिर निस्किएका थिए ।