२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय क्रिकेटर पन्तलाई हेलिकप्टरबाट मुम्बई लगिने



अ+ अ-

एजेन्सी । सडक दुर्घटनामा परी घाइते भएका भारतीय क्रिकेटर ऋषभ पन्तलाई आज देहरादुनबाट मुम्बई ल्याइँदै छ ।

बीसीसीआईको मेडिकल टोलीले मुम्बईमा उनको उपचार गर्नेछ । ३० डिसेम्बर २०२२ मा कार दुर्घटनामा घाइते भएपछि पन्तलाई रुड़कीको अस्पतालमा आकस्मिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा लगियो । त्यसयता उनी देहरादूनको अस्पतालमा भर्ना छन् ।

दुर्घटनामा पन्तको टाउको, घुँडा र खुट्टामा चोट लागेको छ । उनको घुँडाका चारमध्ये तीनवटा लिगामेन्ट च्यातिएको खुलासा भएको छ ।

यस्तो अवस्थामा अब बीसीसीआईको मेडिकल टोलीले उनलाई राम्रो उपचारका लागि देहरादूनबाट मुम्बई सार्ने निर्णय गरेको छ । पन्तलाई आईसीयूबाट बाहिर ल्याएर अस्पतालको निजी वार्डमा उपचार भइरहेको छ ।

भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्त गत शुक्रबार बिहान सडक दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार उनी निदाएका कारण दुर्घटना भएको हो । उनको मर्सिडीज नियन्त्रण बाहिर गएर डिभाइडरमा ठोक्किएपछि आगो लागेर पल्टिएको थियो । दुर्घटनापछि पन्त जलेको गाडीको झ्याल फुटाएर एक्लै बाहिर निस्किएका थिए ।