१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगविरुद्ध बालेन साहले गुहारे अदालत



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगविरुद्ध काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले अदालत गुहारेका छन् ।

निर्वाचन खर्चको विवरण समयमै नबुझाउने स्थानीयत तहका जनप्रतिनिधिबाट लाखौँ रुपैयाँ जरिवाना असुल्ने आयोगको निर्णयविरुद्ध बालेनले अदालत गुहारेका हुन् । उनले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट आयोगको सो निर्णय बदर गर्न माग गरेका छन् ।

निर्वाचन आयोगले देशभर स्थानीय निर्वाचनमा भाग लिएकामध्ये एक लाख २३ हजार ६२४ उम्मेदवारले जरिवाना नतिरे छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध बालेन अदालत गएका हुन् ।

महानगरप्रमुख बालेनले अदालतबाट यसको स्पष्ट व्याख्या हुनुपर्ने माग गरेका छन् । उनका अनुसार कुनै पनि ऐन र संविधानमा नभएको व्यवस्था आयोगले जबर्जस्ती लागु गराउन खोजेको छ ।

बालेन आयोगविरुद्ध अदालत गएसँगै अब यो मुद्दा परीक्षण मुद्दा बन्न सक्ने बताइएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/01/CamScanner-01-03-2023-13.39.pdf” title=”CamScanner 01-03-2023 13.39″]