• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

नेकपा एस बैठकः वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा पोलिटब्युरो सदस्यहरुको जोड



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमवारबाट शुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बिचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरुले वामपन्थीहरुलाई एकतावद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेका बताउनु भयो ।

उहाँले वामपन्थीहरुको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताउनु भयो । त्यस्तै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरु एकमत रहेको उल्लेख गर्नुभयो । बैठकमा करिव ३० जना सदस्यले आफ्नो धारणा राख्नुभएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अधिकांशतः आफ्नो पार्टीलाई सबल बनाएर शक्ति सुदृढीकरण गरिसकेपछि मात्रै हामी सबै उपलब्धी प्राप्त गर्नसक्छौँ । आजदेखि अभियान पाँच वर्षसम्म लगातार पार्टी निर्माणको अभियानमा हामी हिड्नुपर्छ भन्नेमा सबैको एक मत छ । अब वाम एकताको बारेमा, वामपन्थीहरुलाई एकतावद्ध बनाउन पहल गर्ने कुरामा सबैको एक मत छ । निर्णय भएको छैन । अरु कतिपय विषयमा विभिन्न प्रकारका छलफलहरु चलिरहेका छन् ।’

उहाँले वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रश्ताव नै नआएको भन्दै यस सम्बन्धमा छलफल नभएको बताउनु भयो । बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘यो सरकारलाई हेर्ने दृष्टिकोणको बारेमा हामी छलफल गरिरहेका छौँ । सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौँ । औपचारिक प्रश्ताव नै नआएको । प्रश्ताव आएपछि त्यो प्रश्ताव लायक छ, छैन । हाम्रा उद्देश्य अनुसार यि सबकुरा हुन्छन्, हुँदैनन् । हाम्रो प्राथमिकतामा त्यो विषय पर्छ कि पर्दैन । त्यसपछाडी गरिने कुरा हो । त्यसकारण हामी सँग औपचारिक प्रश्ताव नै छैन ।’

प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै आफूहरुलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताउनु भयो । व्यक्तिगत रुपमा प्रधानमन्त्री दाहालप्रति सद्भाव भएपनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने स्पष्ट पार्नुभयो । पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटव्युरो बैठक राखिएको भन्दै उहाँले परिपक्व निर्णय गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले जनादेश बुझेका छौँ । हामीलाई एउटा धर्मसंकट छ अहिले । सँगै काम गरेको सहयात्री १७/१८ महिनासम्म हामी गठबन्धनमा सँगै बस्यौँ । कमरेड प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ । जुन जुन बाटोबाट हुनुभएको भएपनि उहाँ प्रधानमन्त्री हुनुभयो । व्यक्तिगत रुपमा उहाँप्रति हाम्रो सद्भाव पनि छ तर राजनीति भनेको व्यक्तिगत सद्भावले मात्रै काम गर्ने कुरा होइन ।

पार्टीको नितिगत प्रश्नहरुमा प्रष्टता नभइकन व्यक्तिगत कुराको अर्थ रहँदैन । त्यो नितिगत प्रष्टता प्राप्त गर्नको निम्ति हामीले पोलिटव्युरोको बैठक बसाएका हौँ । त्यसैले हाम्फाल्ने, खुट्टो उचाल्ने जस्ता कुनै सन्दर्भ छैन । बडो सोचि, सम्झि हामी जे गर्छौ परिपक्व काम गर्छौं ।’ बैठक मंगलवार बिहान ११ बजे पुनः बस्नेछ ।