१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिस्थिति सामान्य बन्दैछ: दक्षिण अफ्रिका सरकार



अ+ अ-

जोहान्सबर्ग । दक्षिण अफ्रिकामा केही दिनयता देखि मच्चिएको हिंसा र लुटपाटपछि केही दिनदेखि परिस्थिति सामान्य बन्दै गएको यहाँका एक मन्त्रीले बताउनुभएको छ । ती मन्त्रीका अनुसार यसअघि हिंसा र लुटपाट भएका दुई प्रान्तमा अहिले सामान्य अवस्था देखिएको छ र यस्ता हिंसाका घटना भएका छैनन् ।

मन्त्री खुम्बुजो एनटिसाभेनीले मंगलबार त्यस्तो लुटपाट हुन नपाएको बताउनु भएको हो । दक्षिण अफ्रिकाका दुई ओटा प्रान्तमा केही दिनयतादेखि हिंसा मच्चिएको छ । ती स्थानमा पसलमा लुटपाट गर्ने र हिंसा मच्चाउने गरिएको थियो ।मन्त्री खुम्बुजोले गएको २४ घन्टा यता ती दुई प्रान्त काजुलु र गुतेनमा त्यस्तो कुनै हिंसा नभएको मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

दक्षिण अफ्रिकामा त्यहाँका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको आरोपमा जेल हालिएको छ । त्यस क्रममा त्यहाँ हिंसा शुरु भएको हो ।अहिले भने यहाँको अवस्था सामान्यतर्फ फर्किँदै गरेको र कुनै हिंसात्मक घटना नभएको तथा लुटपाटका कारण बन्द भएका सपिङ मलहरु खुला भएका उहाँले जानकारी दिनुभयो ।

जुमाका समर्थकहरुले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन पनि गरेका थिए । हिंसा प्रभावित प्रान्तमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । (रासस-सिन्ह्वा)