१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा थपलिया चयन



अ+ अ-

हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा केन्द्रीय सदस्य जगन्नाथ थपलिया चयन भएका छन् ।

थपलियालाई दलको नेतामा संसदीय दलको बैठकले सर्वसम्मत चयन गरेको हो । उनी मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १(१) बाट विजयी भएका थिए ।

यसअघि थपलिया डोरमणि पौडेल नेतृत्वको सरकारका प्रमुख राजनीतिक सल्लाहकारको रूपमा कार्यरत थिए ।