२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा धर्ना



अ+ अ-

काठमाडौं । महिला अधिकार मञ्च बाँकेले निर्मला कुर्मी तथा अन्यायमा परेका सम्पूर्ण महिलाको न्यायका लागि तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

मञ्चले दिउँसो १ बजे कलंकीबाट आन्दोलनकारीहरु जुलुसहित माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गर्ने र अपराह्न ४ बजे मण्डलामै पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ ।

सरकारले गठन गरेर सरकारलाई बुझाएको प्रतिवेदनअनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेका छन्।

‘न्यायका लागि कलम चलाउनुस् सरकार’ भन्दै उनीहरु जिल्ला प्रशासन कार्यालयमा अनिश्चितकालीन धर्ना दिएका थिए । उनीहरुले न्यायका लागि नेपालगञ्जदेखि काठमाडौँसम्म २० दिन पैदल यात्रा गरेका थिए।

त्यसपछि सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एकजना वृद्धलाई तारेखमा राखेको छ।

यद्यपि मुद्दामा मुख्य अभियुक्त भनिएका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद बादशाह कुर्मीलाई प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण गरेको मञ्चले बताउँदै आएको छ ।




भर्खरै