३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा धर्ना



अ+ अ-

काठमाडौं । महिला अधिकार मञ्च बाँकेले निर्मला कुर्मी तथा अन्यायमा परेका सम्पूर्ण महिलाको न्यायका लागि तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

मञ्चले दिउँसो १ बजे कलंकीबाट आन्दोलनकारीहरु जुलुसहित माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गर्ने र अपराह्न ४ बजे मण्डलामै पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ ।

सरकारले गठन गरेर सरकारलाई बुझाएको प्रतिवेदनअनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेका छन्।

‘न्यायका लागि कलम चलाउनुस् सरकार’ भन्दै उनीहरु जिल्ला प्रशासन कार्यालयमा अनिश्चितकालीन धर्ना दिएका थिए । उनीहरुले न्यायका लागि नेपालगञ्जदेखि काठमाडौँसम्म २० दिन पैदल यात्रा गरेका थिए।

त्यसपछि सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एकजना वृद्धलाई तारेखमा राखेको छ।

यद्यपि मुद्दामा मुख्य अभियुक्त भनिएका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद बादशाह कुर्मीलाई प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण गरेको मञ्चले बताउँदै आएको छ ।