१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छाले प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिनु भएको छ ।

महासंघले प्रधानमन्त्रीलाई मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकारी गराएको थियो । महासंघबाट मुलुकको पछिल्लो अबस्थाका बारेमा जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय गरेको जानकारी गराउनु भयो ।

उहाँले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि बताउनु भयो ।