काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दलहरुबीच सरकार बनाउन सहमति जुटेपछि अध्यक्ष ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिवादन प्रकट गर्नुभएको छ ।
माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीबीच सहमति जुटेपछि दुवै नेताले ओली निवासको बार्दलीबाट समर्थकहरुलाई हात हल्लाउँदै अभिवादन गर्नुभएको हो ।