• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ



काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ ।

ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जामसमेत हुने भएकाले अबदेखि नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको राससलाई जानकारी दिनुभयो ।

“ललितपुरको ग्वार्कोमा बन्न लागेको फ्लाई ओभर निर्माणसँगै रात्रिबस चक्रपथ वरपर सञ्चालन हुँदा सवारी साधनको जाम बढेकाले नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाएका हौँ”, प्रवक्ता भट्टले भन्नुभयो । यसअघि रात्रिबस उपत्यकाको चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, गोँगबु, माछापोखरीलगायतका क्षेत्रमा पार्किङ गरिँदै आएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नागरिकलाई सहज ढङ्गले सेवा सञ्चालन गर्ने गरी यातायात क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । “रात्रिबसलाई नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे यातायात व्यवसायीलाई कुनै आपत्ती छैन, रातको समयमा व्यवस्थितरुपमा चढाउने÷झार्ने गर्नसके यात्रुलाई समेत सहज हुन्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष स्वाँरले कार्यालयको समयबाहेकका अन्य समयमा चक्रपथ वरपर सहज ढङ्गले चढाउने÷झार्ने गरेर बसपार्कभित्र आएर बस्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक जरिवना रकम रु पाँच सयबाट बढाएर रु एक हजार पाँच सय बनाएको भन्दै आपत्ति जनाउनुभयो । यातायात क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने उहाँको भनाइ थियो ।

विसं २०५६ मा काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा सञ्चालनमा ल्याइएको नयाँ बसपार्कमा दुई हजारभन्दा बढी सवारी साधन अटाउँछन् । उक्त बसपार्कबाट हाल देशभर ६० भन्दा बढी जिल्लामा सवारी साधन आवतजावत हुँदै आएका छन् ।