• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   फिल्ड र नक्सामा गोरेटो पनि नभएको जग्गामा ‘बाटो भए सरह’ दोब्बर राजस्व उठाउँदै सरकार ★   काँग्रेस–एमालेलक्षित माओवादी सांसद घर्तीको टिप्पणी: दुई दलीय परिपार्टीको विकास गर्न खोज्नु पश्चागामी कदम हो ★   मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न ★   पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध ★   प्रेम सुवालको टिप्पणी: हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो ★   कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द ★   चीनको यो खोजको संसारभर चर्चा, के अब मंगल ग्रहमा खेती हुन्छ ? ★   कञ्चनपुरमा घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता ★   तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा ★   प्रभु साहको आरोप: सरकार आफैँ हुण्डी कारोबारमा संलग्न छ

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बाटो निर्माण गर्दा उनीहरूले १२ लाख सात हजार २६० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा नवराजपुर गाउँपालिकाका इन्जिनियर कृष्णा साह, सब इन्जिनियर सन्तोषकुमार यादव, लेखापाल सोमप्रसाद आचार्य, उपभोक्ता समितिका अध्यक्ष जीवछकुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी, सचिव रामउदगार मण्डल र नवराजपुर गाउँपालिकाको वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष खुसीलाल साह छन् ।

आर्थिक वर्ष २०७७/७८ मा नवराजपुर गाउँपालिका–२ स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म सडक ग्राभेल गर्ने कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले नापी किताबमा उल्लेख भएबमोजिम फिल्डमा काम नगरी झुटा बिल बनाएर १२ लाख सात हजार २६० रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारले दायर गरेको अभियोग पत्रमा जनाइएको छ ।