१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा निर्वाचन नगराएरै नेतृत्व चुनिभएकोप्रति तीव्र असन्तुष्टी सुरु भएको छ । समाजवादीका बारा क्षेत्र नंं. ४ बाट निर्वाचित सांसद एवं निवर्तमान केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले निर्वाचन नगराएर टीका लगाएर नेता बनाउने प्रवृति हावी भएको भन्दैं असन्तुष्टी जनाएका छन् ।

‘वडासदस्य पनि जित्न सक्ने हैसियत नभएकाले महाधिवेसनमा आफ्नो हैकम चलाउँदा क्रियाशील व्यक्तिहरुलाई पाखा लगाइयो, उनले भने ।

सांसद श्रेष्ठले आफूले निर्वाचनमा जाऔं भन्दा सुनुवाई नभएको बताउँदैं समाजवादीको महाधिवेसन कहीँ नभएको जात्रा हाडीगाउँमा भन्दैं व्यंग्य गरे । समाजवादीको १६ असारदेखि काठमाडौंको प्रज्ञा भवनमा भएको महाधिवेसनले सर्वसम्मत रुपमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो ।

तर, अन्य पदमा निर्वाचनको माग भएपनि अध्यक्ष मण्डलले महाधिवेसनबाट ९३ सदस्यीय केन्द्रीय समिति गठन गरेर महाधिवेसन समापन गरेको छ । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य पछि छान्ने गरी महाधिवेसन सकिएको हो ।

यसले नेतालाई टेष्ट गर्ने प्रणाली ध्वस्त भएको र टीका लगाइदिने प्रणाली विकास भएको भन्दैं अधिकांश प्रतिनिधीहरु पनि रुष्ट बनेका छन् ।