१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने

धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय

धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय
अ अ+ अ-

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको प्रतिक्विन्टल ३५८०.६२ रुपैयाँ न्युनतम समर्थन मूल्य तोकेको छ ।

असार २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो । उहाँकाअनुसार सरकारले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवनलगायत अन्य अचल सम्पतीको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै २०८१ असार २४ देखि साउन ३ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयोजनमा दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा २०८१ असार २४ देखि साउन १ सम्मको लागि सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँललाई स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै भारतको नयाँ दिल्लीमा हुने १६ औं एएसओएसएआई एसेम्ब्ली र नवौं एएसओएसएआई स्याम्पोइजम विषयक कार्यक्रममा महालेखापरीक्षक तोयम राया र उपमहालेखापरीक्षक विन्दु बिष्टलाई मिति २०८१ असोज ५ देखि ११ सम्म सहभागी हुन स्वीकृति दिने, चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इनल्याण्ड क्लियरेन्स डिपु (आइसीडि)/ इन्टीग्रेटेड चेक पोस्ट (आइसिपी) र अरनिको राजमार्गको माइन्टेनान्स स्लप स्टाबिलिजेशन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्राप्त भएका लेटर अफ एक्सचेन्ज (एलओई) हरुमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न, अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले एक सय एकासिऔं दिनदेखि लागू हुनेगरी नेपाल गुणस्तर परिषद्बाट निर्धारण गरिएको नेपाल गुणस्तर ५९१:२०७७ वा नेपाल गुणस्तर ५९२:२०७७ बमोजिम उत्पादन भएको लेमिनेटेड बोरामा अनिवार्य रूपमा प्याकेजिङ गरी ५० के.जि. सिमेन्टको उत्पादन, भण्डारण, ओसारपसार तथा बिक्री वितरण गर्ने गरी तोक्ने निर्णय पनि गरेको छ ।

उहाँले भन्नुभयो, ‘२०८१ असार २४ देखि साउन ३ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयोजनमा दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा २०८१ असार २४ देखि साउन १ सम्मको लागि सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँललाई स्वीकृति प्रदान गर्ने ।

भारतको नयाँ दिल्लीमा हुने १६ औं एएसओएसएआई एसेम्ब्ली र नवौं एएसओएसएआई स्याम्पोइजम विषयक कार्यक्रममा महालेखापरीक्षक तोयम राया र उपमहालेखापरीक्षक विन्दु बिष्टलाई मिति २०८१ असोज ५ देखि ११ सम्म सहभागी हुन स्वीकृति दिने ।

चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इनल्याण्ड क्लियरेन्स डिपु (आइसीडि)/ इन्टीग्रेटेड चेक पोस्ट (आइसिपी) र अरनिको राजमार्गको माइन्टेनान्स स्लप स्टाबिलिजेशन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्राप्त भएका लेटर अफ एक्सचेन्ज (एलओई) हरुमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न, अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने ।

नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले एक सय एकासिऔं दिनदेखि लागू हुनेगरी नेपाल गुणस्तर परिषद्बाट निर्धारण गरिएको नेपाल गुणस्तर ५९१:२०७७ वा नेपाल गुणस्तर ५९२:२०७७ बमोजिम उत्पादन भएको लेमिनेटेड बोरामा अनिवार्य रूपमा प्याकेजिङ गरी ५० के.जि. सिमेन्टको उत्पादन, भण्डारण, ओसारपसार तथा बिक्री वितरण गर्ने गरी तोक्ने ।

आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रति क्विन्टल रु. ३४१०.५१ र मध्यम धानको प्रति क्विन्टल रु. ३५८०.६२ न्युनतम समर्थन मूल्य तोक्ने । (यस आ.व. ३१९८ र ३३६२/ रहेको)

नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवनलगायत अन्य अचल सम्पतीको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गर्ने ।’

त्यस्तै असार १७ गते बसेको मन्त्रीपरिषद्को बैठकले २०८१ असार २४ देखि साउन ३ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयोजनमा दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष, माननीय सदस्य प्रा.डा. संगिता सिंह र सचिवसमेतको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने, जापान सरकारबाट मानव संशाधन विकासका लागि छात्रवृत्ति आयोजनाको लागि प्राप्त हुने जापानी येन ४५४ मिलियन (करिव रु. ३८ करोड २२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बलेफी कोरिडोर १३२ के.भी. आयोजनाको प्रसारणलाइनको केन्द्र रेखाबाट दायाँ ९ मिटर र बायाँ ९ मिटर गरी जम्मा १८ मिटर अधिकार क्षेत्रभित्र पर्ने निजी जग्गा र सोभित्र रहेका संरचनाको क्षतिपूर्ति निर्धारण गर्न विद्युत क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र विज्ञ सदस्य तोक्ने, रानी जमरा कुलरीया सिंचाई आयोजनाको लम्की विस्तार तथा शाखा र प्रशाखा नहरहरूको निर्माण कार्यको लागि जग्गा प्राप्ति गर्ने, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधान गरी सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगको म्याद २०८१/६/१५ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।’

‘वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्अन्तर्गत रहेका जग्गा तथा अन्य सम्पती संरक्षण गरी साबिककै अवस्थामा फिर्ता ल्याउने सम्बन्धमा पूर्वसचिव रामप्रसाद थपलियाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गर्ने, संयुक्त राज्य अमेरिकामा सञ्चालन हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको अवलोकनका लागि २०८१ कात्तिक १८ देखि २१ सम्म प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा निर्वाचन आयुक्तद्वय रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधरसमेतको संयुक्त राज्य अमेरिका भ्रमण स्वीकृत गर्ने, तमोर कोरिडोरअन्तर्गत धनकुटा जिल्लास्थित चतरा लेगुवाघाट सडक खण्ड निर्माणका लागि साँगुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिका तथा पाख्रीवास तारपालिकामा रहेको राष्ट्रिय वनको १३५.७७ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ । सरकारले बुर्तिवाङ–पौदी–अमराई–तम्घास–गोरुसिंगे १३२ के.भी. प्रसारणलाइन आयोजना निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका, इस्मा नगरपालिका एवं अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका र बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा रहेको राष्ट्रिय वनको २५.१३१२ हेक्टर जग्गा प्रयोग गर्न दिने, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई जडीबुटी भण्डारण तथा प्रशोधन एकाइ स्थापना तथा सञ्चालनका लागि गोरखा जिल्लामा ०.८३ हेक्टर राष्ट्रिय वनको जग्गा भोगाधिकार दिने र सुपर घलेम्दी जलविद्युत आयोजना निर्माणको लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको राष्ट्रिय बनको ४.२ हेक्टर २५ वर्षसम्म जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै २०८१ असार २५ देखि साउन ४ सम्म संयुक्त राज्य अमेरिकामा हुने भिजिट अफ हस्पिटल्स इन कोलोराडो, युएसए फर द इम्प्रुभमेण्ट अफ हेल्थकेयर सर्भिस इन नेपाल भ्रमण कार्यक्रममा सहभागी हुन जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमलाई स्वीकृति प्रदान गर्ने, २०८१ असार २४ देखि २८ सम्म स्वीट्जरल्याण्डको जेनेभामा हुने संयुक्त राष्ट्रसंघ आदिवासी जनजाति अधिकारसम्बन्धी विशेषज्ञ संयन्त्रको १७ औं सेसनमा सहभागी हुन आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष रामबहादुर थापामगरलाई स्वीकृति प्रदान गर्ने, राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष, सदस्य तथा सदस्य–सचिव नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, ‘२०८१ असार २४ देखि साउन ३ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयोजनमा दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष, माननीय सदस्य प्रा.डा. संगिता सिंह र सचिवसमेतको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।

वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने ।

जापान सरकारबाट मानव संशाधन विकासका लागि छात्रवृत्ति आयोजनाको लागि प्राप्त हुने जापानी येन ४५४ मिलियन (करिव रु. ३८ करोड २२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

बलेफी कोरिडोर १३२ के.भी. आयोजनाको प्रसारणलाइनको केन्द्र रेखाबाट दायाँ ९ मिटर र बायाँ ९ मिटर गरी जम्मा १८ मिटर अधिकार क्षेत्रभित्र पर्ने निजी जग्गा र सोभित्र रहेका संरचनाको क्षतिपूर्ति निर्धारण गर्न विद्युत क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र विज्ञ सदस्य तोक्ने ।

रानी जमरा कुलरीया सिंचाई आयोजनाको लम्की विस्तार तथा शाखा र प्रशाखा नहरहरूको निर्माण कार्यको लागि जग्गा प्राप्ति गर्ने ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधान गरी सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगको म्याद २०८१/६/१५ गतेसम्म थप गर्ने ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्अन्तर्गत रहेका जग्गा तथा अन्य सम्पती संरक्षण गरी साबिककै अवस्थामा फिर्ता ल्याउने सम्बन्धमा पूर्वसचिव रामप्रसाद थपलियाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गर्ने ।

संयुक्त राज्य अमेरिकामा सञ्चालन हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको अवलोकनका लागि २०८१ कात्तिक १८ देखि २१ सम्म प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा निर्वाचन आयुक्तद्वय रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधरसमेतको संयुक्त राज्य अमेरिका भ्रमण स्वीकृत गर्ने ।

तमोर कोरिडोरअन्तर्गत धनकुटा जिल्लास्थित चतरा लेगुवाघाट सडक खण्ड निर्माणका लागि साँगुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिका तथा पाख्रीवास तारपालिकामा रहेको राष्ट्रिय वनको १३५.७७ हेक्टर जग्गा प्रयोग गर्न दिने ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–गोरुसिंगे १३२ के.भी. प्रसारणलाइन

आयोजना निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका, इस्मा नगरपालिका एवं अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका र बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा रहेको राष्ट्रिय वनको २५.१३१२ हेक्टर जग्गा प्रयोग गर्न दिने ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई जडीबुटी भण्डारण तथा प्रशोधन एकाइ स्थापना तथा सञ्चालनका लागि गोरखा जिल्लामा ०.८३ हेक्टर राष्ट्रिय वनको जग्गा भोगाधिकार दिने ।

सुपर घलेम्दी जलविद्युत आयोजना निर्माणको लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको राष्ट्रिय बनको ४.२ हेक्टर २५ वर्षसम्म जग्गा प्रयोग गर्न दिने ।

२०८१ असार २५ देखि साउन ४ सम्म संयुक्त राज्य अमेरिकामा हुने भिजिट अफ हस्पिटल्स इन कोलोराडो, युएसए फर द इम्प्रुभमेण्ट अफ हेल्थकेयर सर्भिस इन नेपाल भ्रमण कार्यक्रममा सहभागी हुन जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख श्री दिपक कुमार गौतमलाई स्वीकृति प्रदान गर्ने ।

२०८१ असार २४ देखि २८ सम्म स्वीट्जरल्याण्डको जेनेभामा हुने संयुक्त राष्ट्रसंघ आदिवासी जनजाति अधिकारसम्बन्धी विशेषज्ञ संयन्त्रको १७ औं सेसनमा सहभागी हुन आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष श्री राम बहादुर थापामगरलाई स्वीकृति प्रदान गर्ने ।

राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष, सदस्य तथा सदस्य–सचिव नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका स्वीकृत गर्ने ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने ।

रिभ्यु एण्ड एप्रिएसल अफ द इम्प्लेमेन्सन अफ द बेइजिङ डिक्लियारेशन एण्ड एक्शनका लागि तयार पारिएको राष्ट्रिय प्रतिवेदन (युनाइटेड नेसन इकोनोमिक एण्ड सोसियल कमिसन फर प्यासिफिक) मा पठाउन पठाउन स्वीकृति दिने ।

नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत गर्ने ।’

सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने, रिभ्यु एण्ड एप्रिएसल अफ द इम्प्लेमेन्सन अफ द बेइजिङ डिक्लियारेशन एण्ड एक्शनका लागि तयार पारिएको राष्ट्रिय प्रतिवेदन (युनाइटेड नेसन इकोनोमिक एण्ड सोसियल कमिसन फर प्यासिफिक) मा पठाउन पठाउन स्वीकृति दिने, नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै सम्पती शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता शर्माले बताउनु भयो ।