• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा



काठमाडौं । स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित समयसम्म १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

जसमा ११९ औं मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई रोमान्चक जित दिलाए ।

त्यसअघि ड्यानि अल्मोले खेलको ५१ औं मिनेटमा गोल गर्दै स्पेनलाई सरुवाती अग्रता दिलाएका थिए ।

यता, ८९ औं मिनेटमा फ्लोरिएन विर्ट्जले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

हारसँगै आयोजक जर्मनी प्रतियोगिताबाट बाहिरीएको छ ।