४ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित समयसम्म १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

जसमा ११९ औं मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई रोमान्चक जित दिलाए ।

त्यसअघि ड्यानि अल्मोले खेलको ५१ औं मिनेटमा गोल गर्दै स्पेनलाई सरुवाती अग्रता दिलाएका थिए ।

यता, ८९ औं मिनेटमा फ्लोरिएन विर्ट्जले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

हारसँगै आयोजक जर्मनी प्रतियोगिताबाट बाहिरीएको छ ।