• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु



काठमाडौँ । सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ ।

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आईतवार बसेको मन्त्रिपरिषदको बैंठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि. प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको बताउनु भयो ।

उहाँले सरकारले माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताउनु भयो । मन्त्री कार्कीले संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने निर्णय भएको बताउनु भयो । उहाँले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने बताउनु भयो । उहाँले खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने, खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने, निलगरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने, मौसमी कामदार व्यवस्थापन निर्देशिका,२०७९ स्वीकृत गर्ने, कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने ।’

उहाँले मौसमी कामदार व्यवस्थापन निर्देशिका,२०७९ स्वीकृत गर्ने निर्णय भएको बताउनु भयो । त्यस्तै मन्त्री कार्कीले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधाम स्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने बताउनु भयो ।