१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

एडीबीका प्रतिनिधिमण्डललाई सीबीफीनको ढाका टोपी

एडीबीका प्रतिनिधिमण्डललाई सीबीफीनको ढाका टोपी
अ अ+ अ-

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल(सीबीफीन)ले एशियाली विकास बैंक (एडिबी)का प्रतिनिधिलाई नेपाली ढाका टोपी लगाइ दिएर स्वागत गरेको छ । नेपालको पहिचानका रूपमा रहेको ढाका टोपी लगाउन पाउँदा बैंकका प्रतिनिधिमण्डलले पनि प्रसन्नता व्यक्त ग¥यो । 

नेपाल भ्रमणमा रहेको बैंकका प्रतिनिधिसँग परिसङ्घले छलफल गर्ने कार्यक्रम तय भएको थियो । सोही क्रममा आज होटल हायात प्यालेसमा भेटवार्ताको प्रबन्ध गरिएको थियो । नेपालका बैंक तथा वित्तीय सस्थाको साझा संस्थाको रूपमा रहेको परिसङ्घका अध्यक्ष पवनकुमार गोल्यानले एडीबीका उपमहानिर्देशक मनमोहन परकाशलाई ढाका टोपी लगाइदिएर स्वागत गर्नुभयो । नेपाली व्यवसायीको न्यानो स्वागत पाएर एडिबी टोलीले समेत खुसी व्यक्त गर्यो । 

एडिबी प्रतिनिधिमण्डलको साझा धारणा थियो, “यही कारण त नेपाल अन्य देशभन्दा फरक छ । न्यानो आथित्यताका लागि आभार प्रकट गर्छौँ ।” सो अवसरमा वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवद्र्धन गर्ने विषयमा छलफल भएको थियो । एडीबीले व्यावसायिक प्रवद्र्धनका लागि परिसङ्घसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको थियो । 

दक्षिण एसिया मामिला हेरिरहनु भएका एडीबीका उपमहानिर्देशक परकाशले नबिन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर लगानी प्रवद्र्धन गर्न तथा विश्वव्यापी बजार अवसर, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो । 

“साना तथा मझौला व्यवसायीलाई विनाधितो कर्जा उपलब्ध गराउनुपर्छ, अनि मात्र उनीहरूले दिगोरूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सक्छन् । त्यसबाट ठूलो रोजगारी सिर्जना हुने हुनाले ती उद्योगलाई वित्तीय पहुँच, बजार र पूर्वाधारसँगै सीपको सहयोग गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

महिला नै समाजका वास्तविक परिवर्तनका संवाहक भएकाले उनीहरूलाई सीप र सहज वित्तीय पहुचको माध्यमबाट व्यवसाय प्रवद्र्धन गरी दिगो बनाउन सक्यो भने अर्थतन्त्रलाई ठूलो सहयोग पुग्ने उहाँको सुझाव थियो । 

परिसङ्घका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता माथि जोड दिँदै त्यसका लागि नीति निर्माणका साथै कार्यान्वयनमा एडीबीसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । 

सो अवसरमा परिसङ्घका अध्यक्ष गोल्यानले हालको आर्थिक सङ्कटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गर्नुभयो । त्यसबाट तरलताको समस्या पनि समाधान हुने र बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने उहाँको भनाइ थियो । 

उद्यमीले पनि कोरोनाका कारणले थला परेका उद्योग पूर्णक्षमतामा सञ्चालन भए आर्थिक क्रियाकलाप चलायमान हुने निश्चित रहेको भन्दै उहाँले कठिन समयमा देशका वाणिज्य बैंकले उपभोग गर्न सक्ने अन्तरराष्ट्रिय वित्तीय संस्थाबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको बताउनुभयो । 

हाल नेपालको आयात ४२ प्रतिशत बढीले बढेको छ । विप्रेषण न्यून छ र शोधनान्तर पनि रु दुई खर्ब ४७ अर्ब तीन करोडले घाटामा छ । यस्तो कठिन समयमा, वित्तीय क्षेत्रलाई सुदृढ गर्न, निर्यात क्षमता बोकेका स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न ऋणमा पहुँच बनाउन एडीबीको आर्थिक सहयोग धेरै आवश्यक रहेको उहाँको भनाइ थियो ।