• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा ★   नेपालले टस हार्यो, पहिला फिल्डिङ​ गर्ने ★   प्रतितोला २७ सयले घट्यो सुनको मूल्य ★   अफगानिस्तानको मस्जिदमा अन्धाधुन्ध गोली प्रहार: ६ जनाको मृत्यु ★   हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा ★   ललितपुर डढेलो: अर्का घाइतेको पनि मृत्यु ★   नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा ★   ‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’ ★   रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो : प्रधानमन्त्री ★   बाढीको जोखिममा रहेका पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै

कतार विश्वकपः मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो



काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो ।

क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरे । क्रोएसियाका अच्रफ दारीले एक गोल फर्काए ।

खेलको ७ औं मिनेटमा भार्डीओललेगोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले हेडरमार्फत गोल गरे । तर, त्यसको दुई मिनेटपछि नै अर्थात् ९ औं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १-१ को बराबरीमा ल्याए ।

४२ औं मिनेटमा ओर्सिचले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल क्रोएसियाको पक्षमा गयो ।

झण्डै एक महिना चलेको फिफा विश्वकप आइतबार सकिँदैछ । आइतबार उपाधिका लागि अर्जेन्टिना र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् ।