• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा

मिचेल मार्शको कप्तानीमा टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा



काठमाडौँ । जुन १ देखि सुरु हुने टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीको घोषणा गरिएको छ ।

अष्ट्रेलियन क्रिकेट बोर्ड (क्रिकेट अष्ट्रेलिया)ले नेपाली समयानुसार बुधबार बिहान मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा डेभिड वार्नर, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कमिन्स लगायत अनुभवी खेलाडीहरु समावेश छन् ।

अष्ट्रेलियाले जुन ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । समूह बी मा अष्ट्रेलिया र इंग्ल्यान्डसँगै नामिबिया, ओमान र स्कटल्यान्ड रहेका छन् ।

अष्ट्रेलियाको विश्वकप खेल्ने टोलः मिचेल मार्श (कप्तान), एस्टन अगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रिन, जोश हेजलवुड, ट्रेभिस हेड, जोस इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर र आडम जाम्पा ।