• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

वेस्ट इन्डिजविरुद्ध नेपालले आज तेस्रो खेल खेल्दै



काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज बुधबार हुँदैछ ।

दुई खेल सकिँदा एक–एक अंक बाँडेका नेपाल र वेस्ट इन्डिजबीच बुधबार तेस्रो प्रतिस्पर्धा हुन लागेको हो ।

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजे सुरु हुनेछ ।

शनिबार भएको पहिलो खेलमा नेपालले चार विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा आइतबार नेपाल १० रनले पराजित हुन पुग्यो ।

यसैबीच आजको खेलपछि टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गर्ने तयारी गरिएको छ । विश्वकप खेल्ने टोलीहरुले धमाधम आफ्नो स्क्वाड घोषणा गरेका छन् । आईसीसीलाई आज मे १ मा अन्तिम टोली बुझाइसक्नुपर्नेछ ।