• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल ★   श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव ★   वेस्ट इन्डिजविरुद्ध नेपालले आज तेस्रो खेल खेल्दै ★   मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल ★   आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस (फाेटाे फिचरसहित) ★   लखनउले मुम्बईलाई ४ विकेटले हरायो ★   च्याम्पियन्स लिगः बायर्न र रियलले बराबरी खेले ★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी

कतार विश्वकपः मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो



काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो ।

क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरे । क्रोएसियाका अच्रफ दारीले एक गोल फर्काए ।

खेलको ७ औं मिनेटमा भार्डीओललेगोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले हेडरमार्फत गोल गरे । तर, त्यसको दुई मिनेटपछि नै अर्थात् ९ औं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १-१ को बराबरीमा ल्याए ।

४२ औं मिनेटमा ओर्सिचले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल क्रोएसियाको पक्षमा गयो ।

झण्डै एक महिना चलेको फिफा विश्वकप आइतबार सकिँदैछ । आइतबार उपाधिका लागि अर्जेन्टिना र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् ।