• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो झट्का ★   विश्व श्रमिक दिवस: कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो पहिलो विकेट ★   तनहुँ जलविद्युत् आयोजना: प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो ★   जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य ★   प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुुहुन्छ: डा. बाबुराम भट्टराई ★   नेपालविरुद्ध जोनसनको आक्रामक शतक ★   श्रमिकका समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधारका लागि श्रमाधान सेवा शुभारम्भ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता ★   ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका

कतार विश्वकपः मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो



काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो ।

क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरे । क्रोएसियाका अच्रफ दारीले एक गोल फर्काए ।

खेलको ७ औं मिनेटमा भार्डीओललेगोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले हेडरमार्फत गोल गरे । तर, त्यसको दुई मिनेटपछि नै अर्थात् ९ औं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १-१ को बराबरीमा ल्याए ।

४२ औं मिनेटमा ओर्सिचले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल क्रोएसियाको पक्षमा गयो ।

झण्डै एक महिना चलेको फिफा विश्वकप आइतबार सकिँदैछ । आइतबार उपाधिका लागि अर्जेन्टिना र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् ।