१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

श्रमिकका समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधारका लागि श्रमाधान सेवा शुभारम्भ

श्रमिकका समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधारका लागि श्रमाधान सेवा शुभारम्भ
अ अ+ अ-

काठमाडौँ । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको शुरुवात गरेको छ ।

बुधवार १३५ औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरुवात गरेको हो ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवाको शुरुवात गर्नुभएको छ । उहाँले श्रमाधान सेवाको सुरुवात गर्दै नेपाली स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रुपमा श्रमाधानको शुरुवात गरेको बताउनु भयो । उहाँले श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वृहत र व्यवहारिक योजना भएको दाबी गर्नुभयो । उहाँले श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगार सम्बन्धि बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको जानकारी दिनुभयो । उहाँले श्रमाधानमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएको बताउनु भयो ।

उहाँले इन्द्रेणीका सात रङसँग मेल खानेगरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङसँग जोडिएको उल्लेख गर्नुभयो । उहाँले सात रङले प्रत्येक कार्यक्रमको उद्देश्य र महत्वलाई प्रतिविम्वित गर्ने दाबी गर्नुभयो । श्रमाधान नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउन सरकारले प्राथमिकताका साथ शुरुवात गरेको महत्वपूर्ण कार्यक्रम भएको बताउनु भयो । उहाँले विदेशबाट फर्किसकेपछि श्रमिकले सिकेको सीप,पुँजी र ज्ञानलाई सम्बोधन गर्ने पनि समावेश गरिएको बताउनु भयो । उहाँले श्रमिकले सिकेको सीप,पुँजी र ज्ञानलाई सम्बोधन गर्ने गरी अवकाशपछिको आरम्भ भन्ने नारा समेत राखेको बताउनु भयो । उहाँले विदेशबाट नेपाल फर्किएका र नेपालमा अवकाश प्राप्त नागरिकहरु सीप,श्रम र अनुभवलाई सक्रिय बनाउन पहल गर्ने बताउनु भयो । श्रममन्त्री अर्यालले श्रमाधानमा समावेश सात कार्यक्रमले नेपाली श्रमिकको हित र रोजगारी सिर्जना गर्ने अभियान भएको बताउनु भयो । उहाँले श्रमाधानमा रोजगार बैंक कार्यक्रम पनि समावेश रहेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘श्रमिकहरुका समस्या समाधानका लागि मन्त्रालयको एउटा कल सेन्टरले मात्रै पुग्दैन भनेर श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रुपमा लिएका आएका छौं । श्रमाधानको शुरुवात गरौं । श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वृहत र व्यवहारिक योजना हो । श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगार सम्बन्धि बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको छ । श्रमाधानको पहिलो चरणमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएका छन् ।

इन्द्रेणीका सात रङसँग मेल खानेगरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङसँग जोडिको छ । जसले प्रत्येक कार्यक्रमको उद्देश्य र महत्वलाई प्रतिविम्वित गर्ने छ । श्रमाधान नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउन सरकारले प्राथमिकताका साथ शुरुवात गरेको कार्यक्रम हो । विदेशबाट फर्किसकेपछि श्रमिकले सिकेको सीप,पुँजी र ज्ञानलाई कसरी सम्बोधन गर्न सकिन्छ । श्रमिकले सिकेको सीप,पुँजी र ज्ञानलाई सम्बोधन गर्नेगरी अवकाशपछिको आरम्भ भन्ने नारा समेत राखेका छौं । विदेशबाट नेपाल फर्किएका र नेपालमा अवकाश प्राप्त नागरिकहरु सीप,श्रम र अनुभवलाई सक्रिय बनाउन मद्दत गर्ने पहल गर्छ । श्रमाधानमा समावेश सात कार्यक्रमले नेपाली श्रमिकको हित र रोजगारी सिर्जना गर्ने अभियान हो । श्रमाधानमा रोजगार बैंक कार्यक्रम पनि समावेश रहेको छ ।’

उहाँले रोजगार बैंकमा गौरवका आयोजना र नेपाल सरकारसँग रोजगारदाता र श्रमिक जोडिने गरी काम गरिरहेको बताउनु भयो । उहाँले श्रमाधानमा सबै नेपालीहरुको श्रमलाई उच्च प्राथमिकता दिँदै समानताको प्रत्याभुति दिने उद्देश्य श्रमाधान समता कार्यक्रम पनि समावेश रहेको बताउनु भयो । सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बर समेत सार्वजनिक गरिएको छ । समस्यामा परेको श्रमिकले फोनबाट मात्रै नभएर सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ ।