२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा काँग्रेस र एमाले नै मुलधारका पार्टीहरु हुन् भन्ने प्रमाणित गरेको बताउनुभएको छ ।

मंगलवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा काँग्रेस र एमाले नै मुलधारका पार्टी हुन् भन्ने प्रमाणित गरेको बताउनुभएको हो । उहाँले निर्वाचनले धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको टिप्पणी गर्नुभयो । उहाँले ईलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जितेको बताउनु भयो । उहाँले उपनिर्वाचनबाट काँग्रेस, एमाले स्थापित भएका र चटकेहरु साइडमा आएका बताउनु भयो । सांसद खतिवडाले २०८४ सालसम्म चटकेहरु ठिक हुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘निर्वाचन परिणाम आइसक्यो । राम्रो भएको छ । अहिलेका धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको छ । नेपालमा राजनीति गरेका दुईवटा पार्टीहरु नेपाली काँग्रेस र नेकपा(एमाले) नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने अहिले प्रमाणित गरेको छ । हिजो हाम्रो गठबन्धन थियो थोरै मतले पराजित भएका थियौँ । अहिले गठबन्धनले जितेको छ, इलामको चुनावमा हामी कमजोर भएका छैनौँ । काँग्रेस त्यहाँ कमजोर छैन । उहाँहरुको माओवादी केन्द्र, नेपाल परिवार दल, नेपाल कम्युनिस्ट पार्टी सबैसँग महागठबन्धन नै थियो । महागठबन्धनले जितेको छ । हामी एक्लै सम्मानजनक रुपमा छौँ । नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ । दुई वटा पार्टी स्थापित भएका छन् । अहिले चटकेहरु बिस्तारै साइडमा आएका छन् । ०८४ सालसम्म चटके ठिक हुन्छन् ।’

उहाँले हार व्यहोरेपनि नेपाली काँग्रेसको मत कमजोर नभएको बताउनु भयो । सम्मानजनक मत आएको उहाँको भनाई छ ।