२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको मस्जिदमा अन्धाधुन्ध गोली प्रहार: ६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको एक मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।

साथै अन्य एक जना घाइते भएका छन् । आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले यसबारेमा जानकारी दिनुभएको हो । प्रान्तको गोजारा जिल्लाको शाहराक क्षेत्रमा साँझको नमाज पढिरहेका उपासकहरूमाथि एक बन्दुकधारीले गोली चलाएपछि सो घटना भएको हो ।

मारिएका सबै सर्वसाधारण नागरिक थिए । अहिलेसम्म कुनैपनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन ।