१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको मस्जिदमा अन्धाधुन्ध गोली प्रहार: ६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको एक मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।

साथै अन्य एक जना घाइते भएका छन् । आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले यसबारेमा जानकारी दिनुभएको हो । प्रान्तको गोजारा जिल्लाको शाहराक क्षेत्रमा साँझको नमाज पढिरहेका उपासकहरूमाथि एक बन्दुकधारीले गोली चलाएपछि सो घटना भएको हो ।

मारिएका सबै सर्वसाधारण नागरिक थिए । अहिलेसम्म कुनैपनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन ।