• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   शाहिद–मीराले मुम्बईमा ६० करोडको नयाँ घर किने ★   बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन ★   दिल्लीका यी ब्याट्सम्यानले बनाए आईपीएलभर मात्र ३ रन, हरेक रनको मूल्य २.४ करोड ★   सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त ★   हार्दिकको साथमा उभिँदै हरभजनले भने – उनले कठिन समय झेलिरहेका छन् ★   सार्कको गतिरोध राजनैतिक नै हो, राजनैतिक संवादबाट मात्र अन्त्य गर्न सकिन्छ: केके अग्रवाल ★   कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र ★   सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता ★   ट्राफिक कारबाहीमा परेकालाई प्रहरीले स्वयंसेवक बनाएर सडकमा खटायो ★   सुरक्षा टोलीसहित यार्सा सङ्कलनमा पुगे मनाङवासी

पंकजलाई छुटाउन नेहाका ससुराद्वारा मुद्दा दायर



काठमाडौँ । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुराले आफ्ना छोरा पंकजलाई छुटाउन अदालतमा मुद्दा दायर गरेका छन् ।

ससुरा रामप्रवेश चौधरीले छोरा डा पंकज चौधरीलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् । घरेलु हिंसा गरेको आरोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा श्रीमान् पंकजसहित सासू ससुराविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । नेहाको मुद्दा दर्ता भएसँगै प्रहरीले पंकजलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

नेहाले श्रीमान् पंकज, सासूससुरासहित उनका परिवारका छ जनाविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा दर्ता गराएपछि पंकजबाहेक अरु सबै फरार छन् ।

यद्यपि फरार रहेकै अवस्थामा ससुरा रामप्रवेशले छोरालाई छुटा बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका छन् ।