• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

हार्दिकको साथमा उभिँदै हरभजनले भने – उनले कठिन समय झेलिरहेका छन्



एजेन्सी । भारतीय पूर्व स्पिनर हरभजन सिंहले हार्दिक पाण्ड्यालाई समर्थन गरेका छन् । उनले पछिल्लो दुई महिना हार्दिकका लागि निकै कठिन रहेको बताएका छन् ।

अब हार्दिकले आगामी टी–२० विश्वकपमा आफ्नो प्रभावशाली प्रदर्शनका साथ यो खराब समयलाई पछाडि छोड्नुपर्ने हरभजन बताउँछन् । हार्दिकको कप्तानीमा मुम्बई इन्डियन्सको आईपीएलमा प्रदर्शन निकै निराशाजनक रह्यो । टोली तालिकाको पुछार १० औं स्थानमा थियो । हार्दिक आफैं बल र ब्याटमा प्रभाव पार्न असफल भए ।

यति मात्र होइन, हार्दिकलाई गाली पनि गरिएको थियो । यद्यपि, हरभजन आगामी टी–२० विश्वकपमा यी चीजहरू परिवर्तन हुने आशावादी छन् । ‘भज्जी’ले भने, ‘जब उसले भारतीय टिमको जर्सी लगाउँछ, तब उनी अर्कै हार्दिक पाण्ड्या हुनेछन् । उनी भारतका महत्वपूर्ण खेलाडीमध्ये एक हुन् । उनले रन बनाउनेसँगै विकेट पनि लिन सक्छन् । म हार्दिकलाई राम्रो गर्न चाहन्छु किनभने उसले धेरै कुराहरू भोगेको छ । म उनलाई राम्रो प्रतियोगिताको लागि शुभकामना दिन्छु ।’

भज्जीले अगाडि भने, ‘हार्दिकले राम्रो प्रदर्शन गर्न सफल भए भने भारतसँग प्रतियोगितामा अगाडि बढ्ने ठूलो मौका हुनेछ । उनको फर्म केही चिन्ताको विषय बनेको छ । यद्यपि, हामीले यो पनि हेर्नु पर्छ कि उनको दिमागमा धेरै कुराहरू चलिरहेका थिए । उनी गुजरात टाइटन्स छोडेर मुम्बई आउनु ठूलो परिवर्तन थियो ।’

हरभजनले थप भने– ‘आईपीएल ट्रफी जित्नुभन्दा विश्वकप जित्नु ठूलो उपलब्धि हो । त्यसैले म व्यवस्थापनलाई सबैलाई सँगै ल्याउन र उनीहरूको एकता सुनिश्चित गर्न आग्रह गर्दछु ताकि उनीहरू एक टोलीको रूपमा खेल्न सकून् । एकजुट भएर जित्नु व्यवस्थापनको दायित्व हो भन्ने मलाई लाग्छ । हारे पनि सँगै हार्नु पर्छ ।’