२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहिद–मीराले मुम्बईमा ६० करोडको नयाँ घर किने



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुर र उनकी श्रीमती मीरा राजपूतले मुम्बईमा नयाँ अपार्टमेन्ट किनेका छन् । यस लक्जरी अपार्टमेन्टको मूल्य करिब ६० करोड रुपैयाँ छ ।

दम्पतीको यो अपार्टमेन्ट वर्लीको ओबेरोय ३६० वेस्ट प्रोजेक्टको हिस्सा हो । यो ५,३९५ वर्ग फिटमा फैलिएको छ, तीन पार्किंग स्थानहरुसहित ।

रिपोर्टका अनुसार शाहिद र मीराले मे २४ मा आफ्नो अपार्टमेन्ट दर्ता गरेका छन् । यससँगै दम्पतीले १ करोड ७५ लाखको स्ट्याम्प शुल्क पनि तिरेका छन् ।

यो जोडीको अपार्टमेन्ट ओबेरोय रियल्टीले बनाएको भवनको सबैभन्दा अग्लो तल्लामा अवस्थित छ । दुवैले चण्डक रियल्टर्स प्राइभेट लिमिटेडबाट खरिद गरेका हुन् ।

यसअघि २०१८ मा पनि शाहिदले सोही भवनमा अपार्टमेन्ट किनेका थिए । उक्त अपार्टमेन्टको मूल्य ५५.६० करोड रुपैयाँ थियो । यसका लागि उनले २ करोड ९१ लाख रुपैयाँ स्ट्याम्प शुल्क तिरेका थिए ।

कामको कुरा गर्दा शाहिदको अघिल्लो फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ बक्स अफिसमा सफल भएको थियो । अहिले उनी ‘देवा’ को सुटिङमा व्यस्त छन् । यसमा उनको अपोजिट अभिनेत्री पूजा हेगडे हुनेछिन् ।