८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दिल्लीका यी ब्याट्सम्यानले बनाए आईपीएलभर मात्र ३ रन, हरेक रनको मूल्य २.४ करोड

दिल्लीका यी ब्याट्सम्यानले बनाए आईपीएलभर मात्र ३ रन, हरेक रनको मूल्य २.४ करोड
अ अ+ अ-

एजेन्सी । मिचेल स्टार्क आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी हुन् । कोलकाता नाइट राइडर्सले आईपीएल २०२४ अघि भएको मिनी लिलामीमा स्टार्कलाई २४.७५ करोडमा किनेको थियो ।

स्टार्कले लिग चरणमा निकै खराब बलिङ गरेपछि उनी धेरै ट्रोल पनि भए । तर प्लेअफ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै स्टार्कले आलोचकहरूलाई मौन बनाएका थिए ।

यसैबीच यहाँ त्यस्ता दुई खेलाडीको बारेमा चर्चा गरौं जसले फ्रेन्चाइजलाई साँच्चै धोका दिए । एक ब्याट्सम्यान दिल्ली क्यापिटल्सको हिस्सा थिए, जसको प्रत्येक रनको लागत २.४ करोड रुपैयाँ थियो ।

दिल्ली क्यापिटल्सका कुमार कुशाग्रा र लखनऊ सुपर जायन्ट्सका देवदत्त पडिक्कलको कुरा गर्दैछौं । दुवै खेलाडी आईपीएल २०२४ मा पूर्ण रुपमा फ्लप भएका थिए ।

पूरै सिजनमा पडिक्कलले ३८ रन मात्र बनाए भने कुशाग्राले ३ रन मात्र बनाउन सके । दुवै खेलाडीलाई सात करोडभन्दा बढी मूल्यमा खरिद गरिएको हो ।

कुमार कुशाग्रालाई आईपीएल २०२४ को मिनी लिलामीमा दिल्ली क्यापिटल्सले ७.२० करोड भारुमा किनेको थियो । दिल्लीले उनलाई कुल ३ मौका दिएको थियो जसमा उनले ३ रन मात्र बनाएका थिए । यसरी कुशाग्रको प्रत्येक रनमा दिल्लीको २.४ करोड भारु खर्च भयो ।

देवदत्त पडिक्कल गत सिजनसम्म राजस्थान रोयल्सको हिस्सा थिए । तर उनी ट्रेडको माध्यमबाट लखनऊ सुपर जाइन्ट्समा आएका थिए भने आवेश खान लखनऊबाट राजस्थान आएका थिए ।

लखनउले देवदत्तलाई आफ्नो ब्याटिङ बलियो बनाउने आशामा समावेश गरेको थियो तर उनी पूर्ण रूपमा फ्लप साबित भए । पडिक्कलले आईपीएल २०२४ मा ७ खेल खेलेका थिए जसमा उनले ३८ रन मात्र बनाएका थिए । यसरी लखनऊमा पडिक्कलको एउटा रनमा करिब २० लाख रुपैयाँ पर्न गयो ।