२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पंकजलाई छुटाउन नेहाका ससुराद्वारा मुद्दा दायर



अ+ अ-

काठमाडौँ । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुराले आफ्ना छोरा पंकजलाई छुटाउन अदालतमा मुद्दा दायर गरेका छन् ।

ससुरा रामप्रवेश चौधरीले छोरा डा पंकज चौधरीलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् । घरेलु हिंसा गरेको आरोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा श्रीमान् पंकजसहित सासू ससुराविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । नेहाको मुद्दा दर्ता भएसँगै प्रहरीले पंकजलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

नेहाले श्रीमान् पंकज, सासूससुरासहित उनका परिवारका छ जनाविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा दर्ता गराएपछि पंकजबाहेक अरु सबै फरार छन् ।

यद्यपि फरार रहेकै अवस्थामा ससुरा रामप्रवेशले छोरालाई छुटा बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका छन् ।