११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण



अ+ अ-

गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ ।

गत असार २५ गते प्रदेशसभा बैठकबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुखले सन्देशसहित पुनःविचारका लागि यही साउन ८ गते प्रदेशसभामा फिर्ता पठाउनुभएकामा प्रदेशसभाबाट गत शुक्रबार पुनःपारित भएको थियो ।

सोही दिन प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको उक्त विधेयकलाई प्रदेश प्रमुखले आज प्रमाणीकरण गर्नुभएको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएसँगै गण्डकी प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजाखेतीले कानुनी मान्यता पाउने भएको छ । रासस