२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक कारबाहीमा परेकालाई प्रहरीले स्वयंसेवक बनाएर सडकमा खटायो



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । मापसे (मादक पदार्थ सेवन)लगायत ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले स्वय‌सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाउन थालेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि कारबाहीमा परेकाहरुलाई एक घण्टा ट्राफिक स्वयंसेवकको रुपमा खटाउन थालेको एसएसपी जीवन श्रेष्ठले जानकारी दिए ।

गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री रवि लामिछानेले घोषणा गरे अनुसार कारबाहीमा परेकाहरुलाई बुधबारबाट ट्राफिक व्यवस्थापनमा खटाईएको हो । पहिलो दिन मात्र ६०४ जनाले उपत्यकाका विभिन्न चोकमा स्वयंसेवकका रुपमा उतारिएका छन् ।

सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायत काठमाडौँका विभिन्न ठाँउमा उनीहरु खटाइएको छ ।

गृहमन्त्रीले मंगलबार फेसबुकमा स्ट्याटस लेखेर महिनावारीको समयमा चार दिन महिला ट्राफिक प्रहरीले काम गर्नु नपर्ने घोषणा गरेका थिए । ट्राफिक महिलाले महिनावारीका बेला चार दिन सडकमा खटिनु नपर्ने निर्णयको महिला ट्राफिक प्रहरीले स्वागत गरेका छन् । थापाथली वृत्तकी अञ्जु नेपालीले सरकारको उक्त निर्णयबाट आफूहरूलाई ठूलो राहत हुने बताईन् ।