२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुखविन्दर बने हिमाचलको नयाँ मुख्यमन्त्री



अ+ अ-

एजेन्सी । भारतको हिमाचल प्रदेशका नयाँ मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सपथ लिएका छन् । उनले आइतबार दिउँसो १ः५० बजे राज्यको १५औँ मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन् ।

सपथग्रहण समारोहमा राहुल गान्धी, प्रियंका गान्धी र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे पनि उपस्थित थिए । प्रियंकाले मुख्यमन्त्री पदको दावेदार प्रतिभा सिंहलाई आफ्नो छेउमा बसाइन् ।

सखुले कांग्रेसका सबै विधायकहरू सहित मञ्चबाट समर्थकहरूलाई अभिवादन गरे । रिज मैदानमा राज्यपाल राजेन्द्र विश्वनाथले सुखु र उपमुख्यमन्त्री मुकेश अग्निहोत्रीलाई सपथ गराएका थिए । सपथ समारोहमा प्रतिभा सिंहलाई निम्तो दिन बिहान सखु आफैं आएका थिए । सुखुले भने– ‘पार्टी पहिले, मुख्यमन्त्री पछि । प्रतिभा सिंह मेरो आइडल हुन् ।’

मुख्यमन्त्री सुखविन्द सिंह सुखु चौथो पटक र मुकेश अग्निहोत्री पाँचौ पटक विधानसभामा पुगेका छन् । यसअघि, सुखु कांग्रेसको प्रदेश अध्यक्ष, एनएसयूआईका अध्यक्ष, शिमलामा एमसीको दुई पटक नगरसेवक, युवा कांग्रेस प्रमुख र २०२२ मा चुनाव प्रचार समितिको अध्यक्ष निर्वाचित भएका थिए ।

विधानसभा चुनावमा कांग्रेसले ६८ सिटमध्ये ४० सिट जितेको छ भने भारतीय जनता पार्टी (भाजपा) २५ सिटमा सिमित भएको छ ।




भर्खरै